ओलीको हुकुमी शैली र देउवाको लोकतान्त्रिक अभ्यास
ekagaj.com · Wed Nov 24 23:59:00 GMT 2021
देशका प्रमुख पार्टीहरु यती बेला महाधिवेशनको संघारमा छन् । सरकारको बागडोर सम्हालेको नेपाली कांग्रेस र भर्खरै सत्ताबाट विपक्षीको बेन्चमा पुगेको नेकपा एमाले पार्टी महाधिवेशनको अन्तिम चरणमा छन् । नेपालको राजनीतिमा लामो यात्रा तय गरिसकेका यी दुवै दलले गर्न लागेको महाधिवेशन र महाधिवेशनबाट आउने नयाँ नेतृत्वले नेपालको राजनीति अब कता जान्छ भन्ने निर्धारण हुनेछ ।
संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर विधान अनुसार पार्टीलाई सञ्चालन, आन्तरिक लोकतन्त्र र नेतृत्व विकासका लागि दलहरूले हरेक पाँच वर्षमा पार्टीका सबै संरचनाको अधिवेशन गर्नुपर्ने व्यवस्था छ । यो प्रक्रिया भनेको पूर्णत लोकतान्त्रिक प्रकृया हुनुपर्दछ । कम्युनिष्ट पार्टी भनिएपनि नेकपा एमाले दलभित्र पूर्णतः आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने राजनीतिक दलका रूपमा देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)