बनेपामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ratopati.com · Sun Sep 13 04:41:16 GMT 2026

काठमाडौँ । काभ्रेको बनेपा स्थित अरनिको रागमार्गमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । उग्रचण्डी पेट्रोलपम्प अगाडी धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा.६५ प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बनेपा–७ घर भएका ७२ वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार बिहान मृत्यु भएको काभ्रेका एसपी रविन कार्कीले रातोपाटीलाई बताए । शनिबार साँझ सडक पार गर्न लाग्दा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)