मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री ओलीको भ्रमणलाई थाइल्याण्डले द्विपक्षीय स्वरुप

barnanmedia.com · Wed Mar 26 22:49:34 GMT 2025

बिमस्टेक सम्मेलनका लागि थाइल्याण्डको ब्यांकक जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई थाइल्याण्डले द्विपक्षीय स्वरुप प्रदान गर्ने भएको छ।

थाइल्याण्डको परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गरी प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण औपचारिक हुने जानकारी गराएको हो। थाइ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा थाइल्याण्डकी प्रधानमन्त्री पातोङटार्न सिनावात्राले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डललाई सरकारी निवासमा औपचारिक स्वागत गर्नुका साथै विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)