मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ब्रेक फेल भएर बस पल्टिँदा बाजुरामा दर्जनौँ यात्रु घाइते

kalakarmi.com · Sun Jun 21 05:06:19 GMT 2026

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतवार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा कम्तीमा २६ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो । बिहान ७ः१० बजे साँफेबगर–मार्तडी सडकखण्ड अन्तर्गत रिठाबजारमा उक्त दुर्घटना भएको थियो। बस चालक खप्तड छेडेदह गाउँपालिका–५ दोगडी बस्ने ४३ वर्षीय खडक बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश शाहीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)