अविरल वर्षापछि घर भासिँदा ठाकुर परिवार जोखिममा
kalakarmi.com · Sun Jun 21 05:25:43 GMT 2026

बिर्तामोड– झापाको बिर्तामोड नगरपालिका–५ स्थित सुकुम्बासी बस्तीमा अविरल वर्षापछि एक घर भासिँदा एक परिवार बिचल्लीमा परेको छ ।
स्थानीय कृष्ण ठाकुरको अढाई तले घर शनिवार रातिदेखि परेको लगातार वर्षाका कारण भाँसिएको हो । घरको जग कमजोर बन्दै गएपछि भवनको एक भाग धस्सिँदा बसोबास गर्न जोखिमपूर्ण बनेको स्थानीयवासीले बताएका छन् ।
घर भासिएसँगै ठाकुर परिवार सुरक्षित स्थानतर्फ सरेको छ। घटनापछि परिवारका सदस्यहरू अस्थायी आश्रयको खोजीमा रहेका छन् ।
स्थानीयवासीले वर्षाका कारण सुकुम्बासी बस्ती क्षेत्र उच्च जोखिममा रहेको भन्दै प्रभावित परिवारलाई तत्काल राहत तथा सुरक्षित आवासको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
घटनाबारे स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायले स्थलगत अनुगमनको तयारी गरिरहेका छन् । मानवीय क्षति नभए पनि घरमा भएको क्षतिका कारण ठाकुर परिवार समस्यामा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)