प्रतिकिलो ५६ रुपैयाँ बढ्यो अकबरे खुर्सानीको भाउ
onlinekhabar.com · Sun Jun 21 05:41:11 GMT 2026

७ असार, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो ।
आज आइतबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा ५६ रुपैयाँ वृद्धि भएको छ । हिजो शनिबार उक्त खुर्सानी थोकमा प्रतिकिलो औसत २ सय २६ रुपैयाँमा किनबेच भएको थियो । आज भने अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा औसत २ सय ८२ रुपैयाँ कायम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ