पत्रकार महासंघ सुदूरपश्चिमको साधारणसभा सम्पन्न, ९ बुँदे धनगढी घोषणा–पत्र जारी
nepalpress.com · Sun Jun 21 05:46:20 GMT 2026

धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको पाँचौँ साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले महासचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्दै ९ बुँदे ‘धनगढी घोषणा–पत्र’ जारी गरेको छ।
घोषणा–पत्रमार्फत महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण कार्यान्वयन गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ। संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै महासंघले गम्भीर चासो व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)