एमाले महाधिवेशन प्रतिनिधि छनोटमै तीव्र प्रतिस्पर्धा
ekantipur.com · Fri Nov 28 17:21:25 GMT 2025

काठमाडौँ — एमालेको ११ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन हुन रस्साकसी सुरु भएको छ । आइतबारसम्म प्रतिनिधि चयन गर्ने कार्यतालिका छ । नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएकाले दुवै पक्ष आफ्ना प्रतिनिधि चयनको गृहकार्यमा छन् ।
भूगोलबाट १ हजार १ सय ३५ चयन गर्नुपर्ने भएकाले सबै जिल्लामा संयन्त्र परिचालन गरेका छन् । अरू केन्द्रीय कमिटी, विभाग, विशेष समितिबाट चुनिनेछन् । उत्साहका साथ प्रतिनिधि चयन भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)