जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन
kendrabindu.com · Thu May 28 10:25:36 GMT 2026

काठमाडौं । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड बराबरको रकम सङ्कलन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बिमा शुल्क रु ३२ अर्ब ५३ करोड बराबर सङ्कलन भएको छ ।
कूल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई रु एक खर्ब ६० अर्ब २२ करोड बराबर पुगेको छ । गत फागुन मसान्तसम्म सक्रिय बिमालेखमध्ये जीवन बिमातर्फको सङ्ख्या एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फको सङ्ख्या २१ लाख ६८ हजार ४५ बराबर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)