स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे
kathmandupati.com · Thu May 28 10:25:16 GMT 2026

काठमाण्डु – स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा १० .९ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८० र ८१ मा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या छ लाख ७२ हजार ४८९ रहेकामा आर्थिक वर्ष २०८१ र ८२ मा १० .९ प्रतिशतले बढेर सात लाख ४५ हजार ७७० पुगेको हो ।
आर्थिक सर्वेक्षण २०८२ र ८३ का अनुसार उच्च शिक्षा अध्ययनरत कूल विद्यार्थीमध्ये व्यवस्थापन संकाय सबैभन्दा बढी ५०.५ प्रतिशत छन् भने कृषिमा सबैभन्दा कम ०.१५ प्रतिशत रहेको छ । व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र संकाय अध्ययनरत विद्यार्थी करिब ८० प्रतिशत रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)