सुनचाँदीको भाउ बढ्यो
onlinekhabar.com · Sun Jun 21 05:52:05 GMT 2026

७ असार, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार ८९५ रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)