पोखराको अतिक्रमित संरचनामा चल्यो डोजर
annapurnapost.com · Thu May 28 10:26:59 GMT 2026

पोखरा : पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेका अतिक्रमित संरचनामाथि डोजर चलाएको छ । महानगरले बिहीबार सहारा क्लब, सामुदायिक सेवा केन्द्र, जिफन्ट र ट्रेड युनियन कांग्रेसलगायत संघसंस्थाका भवनमा डोजर चलाएको हो ।
पोखरा महानगरपालिकाले पृथ्वीचोकको मूल सडक भएर हङकङ बजार हुँदै नयाँबजार निस्कने सडक छेउका अतिक्रमित संरचना हटाउने भएपछि ती ठाउँमा व्यवसायीले धमाधम सटर खाली गरेका थिए । पोखरा बसपार्कका लागि २०३२ सालमा अधिग्रहण भएको जग्गा विभिन्न व्यक्ति र संस्थाले अतिक्रमण गरेकाले भत्काइएको महानगरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)