मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआरएनलाई लगानीमा सकस

annapurnapost.com · Sun Jul 24 00:15:00 GMT 2022

काठमाडौं : गैरआवासीय नेपालीलाई स्वदेशमा लगानी भित्र्याउन सकस भएको छ। कानुनी र प्रक्रियागत झन्झटका कारण गैरआवासीयहरूले लगानी भित्र्याउन नसकेका हुन्।

गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्न आग्रह गरिएको छ। यसका साथै कानूनी बाधा अड्चन हटाइ आवश्यक संशोधन गर्न पनि संघ सरकारसँग अनुरोध गरेको छ। तीन वर्षअघि प्रक्रिया सुरु भएपनि गैरआवासीयले लगानी भित्र्याउन नसकेका हुन्। १० अर्ब लगानी ल्याउने घोषणा गरिएकोमा हालसम्म ८० करोड मात्रै लगानी आएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा.बद्री केसीले नेपाललाई समृद्ध बनाउन गैरआवासीय उत्साहित भए पनि लगानी ल्याउने समस्या नहटेको बताउँछन्। ‘हामी तीन वर्षदेखि लागिरहेका छौं अझै सहज हुन सकेको छैन’ केसी भन्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)