फिफा विश्वकप : जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
nagariknews.nagariknetwork.com · Sun Jun 21 05:59:19 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा जापानले ट्युनिसियाविरुद्ध शादनार जित हासिल गरेको छ।
खेलको चौथो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता लिएको जापानले ट्युनिसियाविरुद्ध ४-० को शादनार जित हासिल गरेको हो। समूह एफमा पहिलो जितपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ। दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ।
सुरुवाती अग्रतालाई जापानले कायमै राख्दै ट्युनिसियाविरुद्ध खेलेको हो। मोन्टेरी स्टेडियममा भइरहेको खेलको ६९ मिनेटमा जुन्या इटोले जापानका लागि चौथो गोल गरे।
यसैगरी, एस उदाले खेलको ८३ औँ मिनेटमा आफ्नो दोस्रो गोल गरेका छन्। उनले नै ३१औँ मिनेटमा उदाले दोस्रो गोल गर्दै जापानको अग्रतालाई कायम राखेका थिए। खेलको सुरुदेखि नै आक्रामक देखिएको जापानका लागि दाइची कामादाले पहिलो गोल गरेका थिए।
यो गोल जापानको विश्वकप इतिहासमै सर्वाधिक छिटो गोल हो।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा