मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकपको १०००औँ खेलमा जापानको फराकिलो जित, ट्युनिसिया बाहिरियो

himalpress.com · Sun Jun 21 06:06:26 GMT 2026

काठमाडौँ- फिफा विश्वकपको १०००औं खेलमा जापानले ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ । समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावन-लाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ ।

मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक-एक गोल गरे । जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेलेको थियो ।अर्कोतर्फ ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटे बाहिरिएको छ । ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५-१ ले पराजित भएको थियो ।

जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो । यसअघि सन् २००२ मा घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई २-० ले पराजित गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)

सम्बन्धित विषय