छोरीलाई विवाहभन्दा शिक्षा आवश्यक सन्देशमा आधारित फिल्म ‘गौँथली’ को टिजर सार्वजनिक
kalakarmi.com · Thu May 28 10:45:55 GMT 2026

काठमाडौं- सामाजिक कथावस्तुमा आधारित फिल्म ‘गौँथली’ को टिजर सार्वजनिक गरिएको छ । टिजरले छोरीको शिक्षा, बालविवाह र वैवाहिक जीवनका संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ ।
टिजरमा आमाले छोरीको राम्रो घरमा विवाह गराइदिने सपना देखे पनि छोरी भने पढ्न चाहने देखिन्छिन् । पढ्ने इच्छा हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेको युवतीले वैवाहिक जीवनमा भोग्नुपरेका पीडा र संघर्षलाई टिजरले उजागर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)