विश्वासको मत दिने नदिने बारे निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बस्दै
lokaantar.com · Tue Jan 10 00:59:24 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको तर्फबाट विश्वासको मत दिने नदिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार विहान बस्दैछ । विहान ८ बजे बस्ने बैठकमा विश्वासको मत दिने या नदिनेबारे निर्णय लिने कांग्रेसका एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ सभापति शेरबहादुर देउवासहित नेतासँग देउवा निवास धुम्बाराहीमा भेट गरेका थिए । सो भेटमा विश्वासको मत दिन आग्रह उनले गरेका थिए । सभापति देउवाले पार्टीमा छलफल गरेपछि त्यसबारे निर्णय लिने आश्वास दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)