मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारी दुर्घटनामा २३ जना घाइते

gorkhapatraonline.com · Sun Jun 21 06:28:31 GMT 2026

बाजुरा, असार ७ गते । साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट यात्री लिएर सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिदा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले राससलाई जानकारी दिनुभयो ।

दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी टोली उद्धारमा खटेको तथा सबै घाइतेलाई जिल्ला अस्पताल पुर्याइएको छ । घाइतेको अवस्था सामान्य छ । रासस

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)