मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा कूल पुरस्कार रकम ६५५ मिलियन

newsofnepal.com · Sun Jun 21 06:32:02 GMT 2026

लन्डन, (एजेन्सी) ।

अमेरिका, मेक्सिको र क्यानडामा हुने २३ औं संस्करणको फिफा विश्वकपमा कूल पुरस्कार रकम ६५५ मिलियन डलर निर्धारण गरिएको छ । यो गत कतार विश्वकपको भन्दा बढी रकम हो । गत २०२२ को विश्वकपको कूल पुरस्कार रकम ४४० मिलियन डलर थियो ।

यस विश्वकपमा सहभागि हुने सबै ४८ टोलीले कति कति पाउने भनेर पनि डाटा सार्वजनिक गरिएको छ । जसअनुसार विजेता टोलीले ५० मिलियन र उपविजेता टोलीले ३३ मिलियन डलर प्राप्त गर्नेछन् ।

यसैगरी तेस्रो र चौथो हुने टोलीले क्रमशः २९ र २७ मिलियन डलर पाउनेछन् । क्वार्टरफाइनलमा पराजित हुने चार टोलीले समान १९ मिलियन डलर प्राप्त गर्नेछन् । यस्तै अन्तिम १६ बाट बाहिरिने आठ टोलीले समान १५ मिलियन डलर प्राप्त गर्नेछन् ।

फिफाले अन्तिम ३२ मा पराजित हुने र समूह चरणबाट बाहिरिने टोलीहरूका लागि पनि रकम उपलब्ध गराउनेछ । जसअनुसार अन्तिम ३२ सम्म यात्रा गर्ने १६ टोलीले समान ११ मिलियन डलर पाउनेछन् । यस्तै, समुह चरणमै सीमित हुने १६ टोलीलाई जनही ९ मिलियन डलर दिइनेछ ।

यति मात्रै होइन विश्वकपमा सहभागिता हुने हरेक टोलीलाई छनोट भएको रूपमा छुट्टै १० मिलियन डलर पनि दिइनेछ । साथै विश्वकपमा तयारीको लागि पनि रकम दिइनेछ । जसअनुसार प्रत्येक टोलीले २.५ मिलियन डलर प्राप्त गर्नेछ । यो रकम जोड्दा यस विश्वकपमा सहभागिता ४८ टोलीहरूका लागि कूल ८७१ मिलियन डलर खर्च हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय