मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपको ऐतिहासिक एक हजारौँ खेल, जापानको पनि ऐतिहासिक उपलब्धि

ratopati.com · Sun Jun 21 06:35:27 GMT 2026

मेक्सिकोमा जारी फिफा विश्वकप २०२६, २३ औ विश्वकप हो भने यस अन्तर्गत आइतबार खेलिएको जापान र ट्युनिसियाबिचको समूह ‘एफ’ को भिडन्त विश्वकप ऐतिहासिक एक हजारौँ खेल हो ।

विश्वकप इतिहासको एक हजारौँ खेललाई स्मरणीय बनाउन फिफाले विशेष समारोहको आयोजना गरेको थियो । खेलका मुख्य रेफ्री इस्तभान कोभाक्सले सुनौलो किनारयुक्त विशेष जर्सी लगाएका थिए, जसमा ‘१०००’ अंकित विशेष ब्याज राखिएको थियो । यो सम्मान विश्वकपको ९६ वर्ष लामो यात्राको प्रतीकका रूपमा प्रदान गरिएको थियो ।

सन् १९३० मा उरुग्वेमा सुरु भएको विश्वकप प्रतियोगिताले जापान र ट्युनिसियाको खेलसँगै अर्को ऐतिहासिक कोशेढुंगा पार गरेको छ ।

त्यसो त यस ऐतिहासिक अवसरमा जापानले पनि ट्युनिसियामाथि ४–० को अहिलेसम्मकै सबैभन्दा फराकिलो जीत दर्ता गर्दै नकआउट चरण प्रवेश गरेको छ । यसअघि २०१०को विश्वकपमा जापानले डेनमार्कविरुद्ध ३–१को जीत निकालेको थियो । २०१८को विश्वकपदेखि निरन्तर सहभागी भइरहेको जापानले कुल २७ खेल खेल्दा ८मा जीत, सातमा बराबरी र १२मा हार बेहोरेको छ ।

मोन्टेरेस्थित एस्टाडियो बीबीभीएमा भएको खेलमा जापानले सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गर्‍यो । खेलको चौथो मिनेटमै डाइची कामादाले गोल गर्दै जापानलाई अग्रता दिलाए । त्यसपछि ३१औँ मिनेटमा आयासे उएडाले अर्को गोल थपेपछि जापान पहिलो हाफमै २–० ले अघि बढ्यो ।

दोस्रो हाफमा ट्युनिसियाले खेलमा फर्कने प्रयास गरे पनि जापानको संगठित रक्षापंक्ति तथा उच्चस्तरीय प्रेसिङका कारण उसको कुनै जोड चलेन । खेलको ६९औँ मिनेटमा जापानका नुन्या इटोले तेस्रो गोल गरे भने उडेगाले ८४ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टोलीले ४–०को जीत निकाल्यो ।

विश्वकप २०२६ अन्तर्गत ट्युनिसियाविरुद्ध जापानले ४–० को जित निकाल्दा स्कोरलाइनले मात्र होइन, खेलका तथ्याङ्कहरूले पनि जापानको स्पष्ट वर्चस्व देखाएका छन् ।

जापानले खेलभर करिब ५७ प्रतिशत बल नियन्त्रण राख्दा ट्युनिसियाले ४३ प्रतिशतमा सीमित रहनुपर्‍यो । बल आफ्नो नियन्त्रणमा राख्दै जापानले लगातार आक्रमण सिर्जना गर्‍यो । जापानले कुल १४ प्रहार गर्दा त्यसमा ५ प्रहार लक्ष्यतर्फ थिए । विपरीत, ट्युनिसियाले ९ प्रहार गरे पनि गोलरक्षकलाई गम्भीर चुनौती दिने अवसर निकै कम सिर्जना गर्न सक्यो ।

पासिङमा पनि जापान अघि रह्यो । जापानी खेलाडीहरूले करिब ९२ प्रतिशत सफल पास पूरा गर्दा ट्युनिसियाको पास सफलता दर ८३ प्रतिशतको हाराहारीमा रह्यो । मध्यपंक्तिमा जापानले खेलको नियन्त्रण कायम राखेका कारण ट्युनिसियाले लामो पास र काउन्टर आक्रमणमा निर्भर हुनुपर्‍यो ।

रक्षात्मक रूपमा पनि जापान उत्कृष्ट देखियो । टोलीले ट्युनिसियाका मुख्य आक्रमणकारी खेलाडीहरूलाई खुला अवसर सिर्जना गर्न दिएन । जापानी डिफेन्सले अधिकांश द्वन्द्व जित्नुका साथै विपक्षीका धेरै आक्रमण सुरुमै विफल बनायो ।

यो खेलले जापान किन एसियाको सबैभन्दा बलियो टोलीमध्ये एक मानिन्छ भन्ने पुनः प्रमाणित गरेको छ । उनीहरूको संगठित रक्षापंक्ति, उच्च गतिमा हुने आक्रमण र बलमाथिको नियन्त्रणले ट्युनिसियालाई खेलभर दबाबमा राख्यो ।

यो नतिजासँगै जापान अन्तिम ३२ मा स्थान बनाएको छ भने प्रतियोगिताको पहिलो खेलमा स्विडेनसँग ५–१ ले पराजित भएको ट्युनिसियाको नकआउट चरणको यात्रा रोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय