सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
nepallive.com · Sun Jun 21 06:35:23 GMT 2026

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँले बढेर २ लाख ८७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन तोलामा २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर चार हजार ६९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार भने चाँदी तोलामा चार हजार ६४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३
१२:२०
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)