बस ब्रेक फेल भई सडकको नालीमा पल्टिँदा २६ जना घाइते
barnanmedia.com · Sun Jun 21 06:32:09 GMT 2026

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २६ जना यात्रु घाइते भएका छन्। महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस अचानक ब्रेक फेल भई सडकको बायाँ नालीतर्फ पल्टिँदा सो दुर्घटना भएको हो।
साँफेबगर–मार्तडी सडकखण्ड अन्तर्गत रिठाबजारमा बिहान ७:१० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बसका चालक खप्तड छेडेदह गाउँपालिका–५ दोगडीका ४३ वर्षीय खडक बुढा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)