४१ परिवारलाई लालपुर्जा
ekantipur.com · Sat Feb 04 01:39:22 GMT 2023
सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ लिदी लामाटोलको दुई सय ९ पहिरोपीडितमध्ये ४१ परिवारले दुई वर्षपछि स्थायी आवास निर्माणका लागि लालपुर्जा पाएका छन् । पालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार चौतारा साँगाचोकगढी नगर ४ देउरालीमा जग्गा व्यवस्थापन गरी लिदी लामाटोलका ती परिवारलाई जग्गाधनी पुर्जा दिइएको हो ।
मंगलबार जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद माधव सापकोटाले उनीहरूलाई लालपुर्जा हस्तान्तरण गरे । तीनै सरकारले पीडितका लागि जग्गा किन्न तीन लाख दिने र आवास निर्माण गर्न ५ लाख रुपैयाँ दिने सुनिश्चित भएको अध्यक्ष स्याङ्बोले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)