स्किब्स बास्केटबल सुरु
newsofnepal.com · Sun Jun 21 06:45:45 GMT 2026

काठमाडौं, (नेस)।
श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनमा १० औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । पहिलो दिन सिनियर गल्र्स र जुनियर ब्वाइजमा सेमिफाइनल समीकरण तयार भएको छ । सिनियर गल्र्समा विद्या विकासले आयोजक स्किब्सलाई ११–१०, भ्याली पब्लिकले बाल वाटिकालाई १२–८, जेबी स्कुलले हिमालयलाई ७–४ र इडेन ब्रिज एकेडेमी (इबीए) ले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ९–४ ले पराजित गरे । सेमिफाइनलमा जेबी स्कुलको भेट भ्याली पब्लिकसंग हुनेछ भने इबीएले विद्या विकाससंग प्रतिस्पर्धा गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ