मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजुरामा बस दुर्घटना, २३ जना घाइते

barnanmedia.com · Sun Jun 21 06:45:02 GMT 2026

साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगंगा नगरपालिका–१० रिठा बजारनजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिँदा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी टोली उद्धारमा खटेको तथा सबै घाइतेलाई जिल्ला अस्पताल पुर्‍याइएको छ । घाइतेको अवस्था सामान्य छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)