‘रोल नं १’को अग्रिम बुकिङ खुला
kendrabindu.com · Thu May 28 11:20:50 GMT 2026

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’को अग्रिम बुकिङ खुला भएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत सिनेमा हलले अग्रिम बुकिङ खुला गरेका हुन् ।
पहिलो दिनका लागि क्यूएफएक्सले काठमाडौंमा १६ र काठमाडौंबाहिर दमौलीबाहेक १९ शो दिएको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआइले आफ्ना ६ वटा चेनमा तीनवटाका दरले १८ शो दिएको छ । यसैगरी, वान सिनेमाजले ५ शो र बिग मुभिजमा ४ शो दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)