तपाईँको एन्ड्रोइड फोनको समेत हुन्छ म्याद गुज्रिने मिति, यस्तो छ थाहा पाउने तरिका
techpana.com · Thu May 28 11:17:39 GMT 2026

काठमाडौँ । धेरैलाई लाग्न सक्छ - फोन भौतिक रूपमा नफुटुन्जेल वा नबिग्रुन्जेल चलाउन सकिन्छ । तर वास्तविकतामा तपाईँले प्रयोग गरिरहेको एन्ड्रोइड फोनको पनि एउटा म्याद समाप्त हुने मिति (Expiration Date) हुन्छ ।
फोन बाहिरबाट हेर्दा पूर्ण रूपमा ठिक देखिए पनि एउटा निश्चित समयपछि यसको सफ्टवेयर र सुरक्षा प्रणालीले काम गर्न छोड्छ । जसले गर्दा तपाईँको डिभाइस असुरक्षित र कम उपयोगी बन्न पुग्छ ।