फिफा विश्वकप : अफ्रिकन राष्ट्र ट्युनिसिया अघिल्लो चरणमा जानबाट रोकियो, जापान ४-० ले विजयी
nepalbahas.com · Sun Jun 21 06:47:14 GMT 2026

फिफा विश्वकप : अफ्रिकन राष्ट्र ट्युनिसिया अघिल्लो चरणमा जानबाट रोकियो, जापान ४-० ले विजयी
७ असार, काठमाडौं । फिफा विश्वकपको आज भएको खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४–० को शानदार जित हात पारेको छ । जसले ट्युनिसियाको विश्वकप यात्रा निकै निराशाजनक रूपमा समाप्त भएको छ । जापानसँग ४–० को भारी अन्तरले पराजित भएसँगै ट्युनिसियाको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना सकिएको हो ।
मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको यस खेलमा जापान सुरुदेखि नै हाबी देखियो । खेल सुरु भएको ४ मिनेट नपुग्दै क्रिस्टल प्यालेसका दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाए । त्यसको केही समयपछि नै अयासे उएडाले डिफेन्डरको खुट्टाको मुनिबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे । समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ ।
दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ । मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक–एक गोल गरे । जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो । यसअघि सन् २००२ मा घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई २–० ले पराजित गरेको थियो ।
जापानले सुरुमै गोल गरेपछि ट्युनिसियालाई खेलमा दबाबमा राख्न सफल भएको थियो । ६२ प्रतिशत बल पोसेसन राखेको जाापनले ११ सट हान्दा ५ सट अन टार्गेटमा थियो । २ सट हानेको ट्युनिसियाले भने अन टार्गेटमा राख्न सकेन । खेलको चौथो मिनेटमै कामाडाले केइतो नाकामुराको पासमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । उएदाले को इताकुराको पासमा ३१औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा पनि जापानले दुई गोल थप्यो । इटोले उएदाको पासमा ६९औं मिनेटमा जापानका लागि तेस्रो गोल गरे । उएदाले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो तथा जापानको लागि चौथो गोल गरे । उनले काइसु सानोको पासमा गोल गरे । उएदा यस विश्वकपमा एकै खेलमा दुई गोल गर्ने र एक असिस्ट गर्ने दोस्रो खेलाडी बने ।
यसअघि नेदरल्यान्ड्सका कोडी गाक्पोले स्वीडेन विरुद्ध दुई गोल र एक असिस्ट गरेका थिए । जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको थियो । सान्त्वना जितको खोजीमा रहेको ट्युनिसियाले अब समूहको शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग खेल्नेछ ।
फिफा विश्वकप
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
आइभरी कोस्टलाई २–१ गोलले हराउँदै जर्मनी नकआउट चरणमा प्रवेश
असार ७, २०८३ आइतबार
फिफा विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने पाँच खेलाडी, पेलेको कीर्तिमान अझै अटुट
असार ६, २०८३ शनिबार
विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर
असार ६, २०८३ शनिबार
नेपालबहस ट्रेन्डिङ
शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट
नेपालबहस संवाददाता
असार ६, २०८३ शनिबार
विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल
नेपालबहस संवाददाता
असार ६, २०८३ शनिबार
सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी
नेपालबहस संवाददाता
असार ५, २०८३ शुक्रबार
राहदानी काण्डमा धमाधम पक्राउ, जर्मन कम्पनीका सञ्चालकलाई पनि अख्तियारको पुर्जी
नेपालबहस संवाददाता
असार ४, २०८३ बिहिबार
Tweets by nepalbahas
लोकप्रिय
१
शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट
असार ६, २०८३ शनिबार
२
विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल
असार ६, २०८३ शनिबार
३
विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर
असार ६, २०८३ शनिबार
छुटाउनुभयो कि?
बेलबारीको सःमिलमा मध्यराति प्रहरीको छापा, लाखौंको अवैध खयर बरामद
असार ७, २०८३ आइतबार
रास्वपा महाधिवेशन उद्घाटन सत्रमा नेपाल प्रहरीसँगै बाउन्सर तैनाथ
असार ७, २०८३ आइतबार
फिफा विश्वकप : अफ्रिकन राष्ट्र ट्युनिसिया अघिल्लो चरणमा जानबाट रोकियो, जापान ४-० ले विजयी
असार ७, २०८३ आइतबार
बिद्रोही समूह पार्टी छाडेर बाहिरिएपछि महाधिवेशनबाटै राप्रपा रुपान्तरण गर्ने लिङदेनको रणनीति
असार ७, २०८३ आइतबार
इन्द्रचोकमा तरकारी किनमेल
असार ७, २०८३ आइतबार
छोरीलाई काखमा च्याप्दै भरतपुर पुगे प्रधानमन्त्री बालेन
असार ७, २०८३ आइतबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
फिफा