चुरे क्षेत्रमा वर्षाको असर : राजमार्ग अवरुद्ध
gorkhapatraonline.com · Sun Jun 21 07:05:01 GMT 2026

शनिबार राति चुरे क्षेत्रमा परेको वर्षाले उत्तरी भेगको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र हावाहुरीले राजमार्गदेखि ग्रामीण सडकसम्म क्षति गरेको छ ।
केही स्थानमा घरका छाना उडाउनुका साथै बालीनालीमा क्षति पुगेको छ । प्रहरीका अनुसार महेन्द्र राजमार्गअन्तर्गत बर्दीबास –५ स्थित जंगली क्षेत्रमा निर्माणाधीन बेलगाछी पुलको डाइभर्सन बाढीले बगाएपछि शनिवार राति करिब तीन घण्टा सवारी आवागमन अवरुद्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
काठमाडौँ