अस्पतालको बाटोमा महिलाको शव
gorkhapatraonline.com · Sun Jun 21 07:12:15 GMT 2026

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेमा एक महिलाको शव भेटिएको छ । आइतबार बिहान सल्ले जाने बाटोमा मृत अवस्थामा महिलाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार उक्त शव बाँफिकोट गाउँपालिका–१०, झुला घर भई मुसिकोट नगरपालिका–५, थर्पुस्थित माइतीघरमा बस्दैआएकी ६२ वर्षीया कमला खत्रीको रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)