मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुज जलडमरू बन्द गर्ने इरानको घोषणा, विश्व बजारमा चिन्ता बढ्दै

kalakarmi.com · Sun Jun 21 07:13:30 GMT 2026

वाशिङ्टन डिसी- इरानको मुख्य सैन्य कमाण्डको केन्द्रीय मुख्यालयले शनिवार होर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको छ ।

अमेरिकाले दक्षिणी लेबनानमा नयाँ हस्ताक्षर गरिएको शान्ति सम्झौता (एमओयू) र इजरायलको युद्धविरामको ‘उल्लङ्घन’ गरेको उल्लेख गर्दै इरानको अर्ध सरकारी मेहर समाचार एजेन्सीले उल्लेख गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईलाई उद्धृत गर्दै मेहरले इरानी वार्ता टोली अमेरिकी वार्ताकारहरूसँग अपेक्षित प्राविधिक स्तरको वार्ताका लागि केही समयमा तेहरानबाट स्विट्जरल्याण्ड जानेछ ।

इरानको अर्धसरकारी फार्स समाचार एजेन्सीको रिपोर्ट अनुसार, टोलीले इजरायललाई लेबनानमा आक्रमण रोक्न बाध्य पार्ने लगायत अमेरिकी प्रतिबद्धताहरू पूरा गर्न माग गर्नेछ । पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वीले शनिबार तेहरानमा इरानी विदेशमन्त्री सैयद अब्बास अरघचीसँग भेट गरेका थिए। पाकिस्तानले कतारसँगै इरान र अमेरिकाबीच कूटनीतिक सम्पर्कको मध्यस्थता गरिरहेको उल्लेख गरिएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शनिबार एक मिडिया अन्तर्वार्तामा इरानसँगको वार्ता आइतवारदेखि नै प्रारम्भ हुन सक्ने र वार्ता सहज रूपमा भइरहेको बताएका छन् । साथै उनले आगामी दिनमा स्विट्जरल्याण्डको यात्रा गर्न सक्ने बताएका छन् । भान्सले अमेरिकाले इरानले हर्मुज जलडमरू बन्द गरिरहेको कुनै प्रमाण छैन । यसअघि लेबनानको राष्ट्रिय समाचार एजेन्सीले शुक्रवार राति र शनिवार बिहान दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण र ड्रोन आक्रमणको श्रृंखलामा कम्तिमा पाँच जनाको मृत्यु भएको रिपोर्ट गरेको थियो ।

इजरायली सेनाले शनिवार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । ,’हिजबुल्लाहले रातभर दक्षिणी लेबनानमा आफ्ना सैनिकहरूमाथि ५० भन्दा बढी प्रक्षेपणहरू प्रहार गरेको थियो ।’ लेबनान र इजरायल बीच शुक्रवार दिउँसोदेखि लागू भएको युद्धविराम सम्झौताको बाबजुद पनि यी घटनाक्रमहरू आएका हुन् । लेबनानसहित सबै मोर्चाहरूमा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौतापत्रमा हस्ताक्षर भएपछि युद्धविराम भएको हो । धेरै मिडियाहरूका अनुसार, एक वरिष्ठ अमेरिकी अधिकारीले शुक्रवार दावी गरे कि इजरायल र लेबनानमा हिजबुल्लाहले युद्धविराममा सहमति जनाएका छन्, जुन स्थानीय समय अनुसार सोही दिनको ४ः०० बजेदेखि लागू भएको थियो ।

सम्झौतासँगै रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ व्यापारिक जहाजहरूका लागि पुनः खुला हुने अनुमान गरिएको थियो । सम्झौताको पाँचौँ बुँदा अनुसार इरानले हर्मज जलडमरू मध्यबाट व्यापारिक जहाजहरूलाई बिना कुनै शुल्क सुरक्षित रूपमा आवतजावत गर्न आफ्नो उत्कृष्ट प्रयास गर्ने उल्लेख छ । युद्ध प्रारम्भ भएर यो जलमार्ग बन्द हुँदा विश्वभर कच्चा तेलको मूल्य आकाशिएको थियो, त्यसैले यसलाई खुला गराउनु अमेरिकाको मुख्य उद्देश्य थियो । अमेरिका र इरानबीच युद्धविरामका लागि १४ बुँदे सहमति भएको थियो ।

वार्ताको मुख्य मध्यस्थकर्ता पाकिस्तानले मध्यपूर्वको युद्ध अन्त्यका लागि भएको अन्तरिम सम्झौता कार्यान्वयन गर्ने उद्देश्यसहित आइतबार स्विट्जरल्यान्डमा प्राविधिकस्तरको वार्ता हुने जानकारी दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले शनिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इस्लामावाद सहमतिपत्रमा हस्ताक्षर भएपछिको अनुगमनस्वरूप आइतवार स्विट्जरल्यान्डको बर्गेनस्टोकमा प्राविधिक स्तरको वार्ता हुनेछ ।’ विज्ञप्तिअनुसार पाकिस्तानी र कतारी मध्यस्थकर्ताहरू पनि अमेरिका र इरानका प्रतिनिधिहरूसँगै उक्त वार्तामा सहभागी हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)