सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास
kalakarmi.com · Sun Jun 21 07:14:33 GMT 2026

काठमाडौं– हिन्दु धर्ममा मुसालाई गणेशको वाहन मानिन्छ र पूजा गर्ने परम्परा छ । यता, मानिसहरु घरमा ध्वंस मच्चाउने मुसा नियन्त्रण गर्न तथा मार्नका लागि अनेक विधि अपनाउँछन् । तर ललितपुर पाटनको सौगल गणेश मन्दिरमा नौलो दृश्य देख्न पाइन्छ । मन्दिरको मुख्यस्थानमै शिर झुकाएर पूजा गरिरहेका भक्तालुहरु गणेशको प्रतिमामा दौडिरहेका मुसा देखेर दंग पर्ने गरेका छन् । जसले स्थानीय भक्तजन र दर्शनार्थीहरूबीच विशेष चासो र कौतुहल पैदा गरेको छ ।
भगवान् गणेशको वाहन (वाण) मुसा गणेशकै मन्दिरमा देखिनुलाई आश्चर्यपनि मान्ने गरेका छन् । मुसा देखिनुलाई सामान्यतया धार्मिक दृष्टिले पनि शुभ मानिने प्रचलन रहेको धर्म संस्कृतिका अध्येता कृष्णदेव रुपाखेतीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)