डिशहोमले दियो अभिनेत्री रायमाझीलाई ब्रान्ड एम्बासडरमा निरन्तरता
baahrakhari.com · Thu May 28 11:49:43 GMT 2026

काठमाडौं । डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बासडर सहकार्यलाई निरन्तरता दिएको छ । कम्पनी र रायमाझीबीच डिशहोमको कर्पोरेट कार्यालय, भैँसेपाटीमा ब्रान्ड एम्बासडर सम्झौता नवीकरण सम्पन्न भएको हो ।
सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल तथा अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका हुन् । डिशहोम इन्टरनेटले डिजिटल कनेक्टिभिटी, युवापुस्तासँगको भावनात्मक सम्बन्ध तथा आधुनिक डिजिटल जीवनशैलीलाई प्राथमिकतामा राख्दै आफ्नो ब्रान्ड यात्रालाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)