मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरूवा बन्दुकसहित दुई जना पक्राउ

annapurnapost.com · Thu May 28 11:48:34 GMT 2026

इलाम : प्रहरीले इलाम नगरपालिका–११ बाट एक थान भरूवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय मदन भन्ने मेखबहादुर मगर र ५३ वर्षीय गंगाबहादुर विक रहेका छन् ।

मेखबहादुरले भरूवा बन्दुक मर्मतको लागि गंगाबहादुरको घरमा लगेको भन्ने सूचना प्राप्त हुना साथ प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरीले उक्त बन्दुकसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)