गृहमन्त्रीद्वारा रास्वपा महाधिवेशन स्थलको निरीक्षण
gorkhapatraonline.com · Sun Jun 21 07:19:34 GMT 2026

गृहमन्त्री सुधन गुरुङले आजदेखि हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन कार्यक्रम स्थलको निरीक्षण गर्नुभएको छ ।
आइतबार भरतपुर महानगरपालिका –१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशन कार्यक्रम स्थलको निरीक्षण गर्नु भएको हो।
राति भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रमस्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिनुभएको थियो । अहिले पानी हटाएर पुर्ने काम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)