चलचित्र परान हेरेपछि सञ्चारमन्त्री खरेलले भने, ‘परान सासले होइन, साथले चल्छ’
ratopati.com · Fri Nov 28 18:52:00 GMT 2025

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसहित मन्त्रालयका कर्मचारी, राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सदस्यहरूले शुक्रबार नेपाली फिल्म ‘परान’ हेरेका छन् ।
दीपक आचार्यद्वारा निर्देशित चलचित्र ‘परान’को विशेष प्रदर्शनसहित ‘नेपाली चलचित्रको वर्तमान अवस्था तथा चलचित्र क्षेत्रमा गर्नुपर्ने सुधार सम्बन्ध’ बारे आयोजित छलफल कार्यक्रममा मन्त्री खरेलले परान ‘सासले होइन साथले चल्छ’ भन्ने चलचित्र को नाराले आमाबाबुको वास्तविक भावना झल्काउने बताए । उनले चलचित्रको कथा, पटकथा उत्कृष्ट रहेको र पात्रहरूमार्फत व्यक्त गरिएका संवादले दर्शकलाई गहिरो रूपमा छुने धारणा व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)