मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङमा छुरा प्रहार गरि एक युवकको हत्या

barnanmedia.com · Tue Jul 30 21:40:47 UTC 2024

मोरङको उर्लाबारीमा छुरा प्रहार गरेर मंगलबार साँझ युवकको हत्या गरिएको छ।

प्रहरीका अनुसार उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्या भएको हो। उनीमाथि उर्लाबारी-५ मा साँझ ६ बजेतिर छुरा प्रहार भएको जानकारी प्रहरीले दिएको छ।गम्भीर घाइते दाहाललाई उर्लाबारीमा सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उपचारका क्रममा चिकित्सकले राति ८ बजेतिर मृत घोषित गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)