मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारको नीतिले फेरिएको हुलाक सेवा: ४ हजार ६४२ पासपोर्ट र १ हजार ८१ लाइसेन्स घरमै पुर्‍याइयो

clickmandu.com · Sun Jun 21 07:26:15 GMT 2026

काठमाडौं । सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा विभागमार्फत् थालिएको ‘सरकारी कुरियर सेवा’ (गभर्मेन्ट कुरियर सर्भिस) को प्रगति उल्लेख्य देखिएको छ । हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाउने तथा संस्थागत सुधारका विविध काम अघि बढेसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात नागरिकको घरसम्मै ढुवानी हुन थालेका छन् ।

नयाँ सरकार गठन भएलगत्तै ल्याइएको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा हुलाक सेवालाई पुनर्जीवन दिई ‘सरकारी कुरियर सेवा’का रुपमा विकास गरिने उल्लेख थियो । एक सय बुँदे कार्यसूचीको बुँदा नम्बर २७ मा राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजातहरु घरमै पुर्याउने व्यवस्था मिलाईने उल्लेख थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)