जलवायु परिवर्तनले बदल्दैछ रोगको भूगोल
annapurnapost.com · Sun Sep 13 06:33:09 GMT 2026

काठमाडौं : एक समय थियो– डेंगु, मलेरिया (औलो),कालाजार भन्नासाथ तराईको भू भाग सम्झिइन्थ्यो। पहाड र अझ माथिल्लो हिमाली भेगका बासिन्दाका लागि कीटजन्य रोगहरूको संक्रमण टाढाका विषय थिए।
जलवायु परिवर्तनका कारण हिमाल पग्लिने, तापक्रम बढ्ने, बाढी–पहिरो जाने र मौसम परिवर्तन हुने समस्या त छँदैछ। यसका अतिरिक्त विभिन्न रोगहरूलाई हिमाली र पहाडी बस्तीमा पुर्याउँदैछ। जलवायु परिवर्तनसँगै रोगको भूगोलसमेत परिवर्तन हुन थालेको छ। कीटजन्य रोग संक्रमणको पुरानो भूगोल फेरिँदै गएको जनस्वास्थ्य विज्ञहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)