मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविले सभामुख र रास्वपाले संसदमा देखाएको केटाकेटीपन, नौलो संसदीय अभ्यास

barnanmedia.com · Fri Jan 31 22:08:02 GMT 2025

चार महिनाको विश्रामपछि शुक्रबार संघीय संसद सुरु भएको छ। हिउँदे अधिवेशनको पहिलो दिन सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की सवालजवाफ भयो।

त्यसअघिको प्रसंग उल्लेख गरौँ। सहकारी ठगीमा तीन जिल्लाका अदालतमा धरौटी तिरेर तारेखमा रहेका रास्वपा सभापति रवि लामिछाने निलम्बित सांसद हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगीमा सहकारी मात्र होइन, सम्पत्ति शुद्धीकरण मुद्दा पनि चलेपछि उनको सांसद पद निलम्बनमा परेको थियो। कास्की अदालतले उनलाई निर्दाेष भनिसकेको छैन, मुद्दा विचाराधीन छ। तर, रवि भने हिउँदे अधिवेशन सुरु हुनु अघि शुक्रबार बिहानै सिंहदरबार सभामुख देवराज घिमिरेलाई भेट्न पुगे। र, सांसद् पदबाट आफूलाई गरिएको निलम्बन फुकुवा गरिदिन माग गरे। उनले आफ्नो सांसद पद तत्काल फुकुवा गर्न माग गर्दै सभामुखलाई निवेदन समेत दिएका छन्। सभामुख घिमिरेले भने आफूले पूर्वाग्रहमा सांसद् पदबाट निलम्बन नगरेको भन्दै छलफल गर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)