मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको पहिलो महाधिवेशन सुशासन अभियानको बलियो आधारः ज्ञानेन्द्र शाही

nagariknews.nagariknetwork.com · Sun Jun 21 07:15:49 GMT 2026

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले चितवनमा भइरहेको रास्वपाको राष्ट्रिय महाधिवेशनलाई सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई थप सशक्त बनाउने अवसरको रूपमा रहेको बताएका हुन्।

उनले सात वर्षअघि चितवनमै सुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा आफूले आक्रमण भोग्नुपरेको र रवि लामिछानेले हिरासतको पीडा सहनुपरेको भन्दै चितवनमा उनले नेतृत्वमा ठूलो राजनीतिक दलबनेको बताएका छन्।

‘आजभन्दा झण्डै सात वर्षअघि चितवनमै सुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा मैले आक्रमण भोग्नुपरेको थियो, र तपाईंले हिरासतको पीडा सहनुपरेको थियो। तर आज यही ऐतिहासिक चितवनमा तपाईंले नेतृत्व गर्नुभएको पार्टीको राष्ट्रिय महाधिवेशन हुँदैछ,’ शाहीले भने।

उनले अहिले देशको राजनीतिक शक्ति र राज्यसत्ताको केन्द्रमा नयाँ शक्तिहरू पुगेको भन्दै भ्रष्टाचारमुक्त देश र सुशासनयुक्त समाज निर्माणको अभियानलाई व्यवहारमा उतार्नुपर्ने बताएका छन्।

उनले आफूहरूले विगतमा उठाएका एजेन्डा, आदर्श र प्रतिबद्धता सत्ता र शक्तिको उचाइसँगै परिवर्तन हुन नहुने भन्दै सुशासन,पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको संघर्ष भाषण र कागजमा मात्र सीमित नभई कार्यान्वयनमा देखिनुपर्ने बताएका छन्।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)