मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युत सर्ट भइ सर्भिस सेन्टरमा आगलागी

gorkhapatraonline.com · Sun Jun 21 07:29:04 GMT 2026

झापाको बिर्तामोड नगरपालिका –१ स्थित एक बीवाइडी गाडीको सर्भिस सेन्टरमा विद्युत सर्ट भइ आगलागी हुँदा लाखौको क्षति भएको छ ।

बिर्तामोडको पश्चिम बस स्टेण्डछेउमा विकास बस्नेतले सञ्चालन गर्दैआएको सर्भिस सेन्टरमा आइतवार बिहान ४ बजेतिर विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट विभिन्न मोटर पार्टस्हरु जल्दा अन्दाजी ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सर्भिस सेन्टरमा रहेका गाडीहरु भने जोगिएका छन् ।

बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ५.१० बजे आगो नियन्त्रणमा आएको थियो । यसैगरी वर्षासँगै परेको चट्याङले लागेर बिर्तामोडमा दुईवटा गाई मरेका छन् ।

शनिवार राति परेको चट्याङले बिर्तामोड –१० कुँवापानी बस्ने उदिम ओलीको अन्दाजी –२ लाख मूल्यको दुईवटा गाई मरेका हुन् । ओलीको आफ्नै ग्वाली घरमा बाँधेको २ वटा व्याउने गाई चट्याङले हानेर मरेको र घटना सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)