इरानको सैनिक परिसरमा ड्रोन हमला
baahrakhari.com · Sun Jan 29 17:15:00 GMT 2023
तेहरान । इरानको रक्षा मन्त्रालयले इस्फाहान सहरस्थित एउटा सैनिक परिसरमा भएको ड्रोन आक्रमणलाई विफल पारिएको दाबी गरेको छ । मन्त्रालयले आक्रमणमा तीनवटा ड्रोन संलग्न रहेको र यसमा कुनै मानवीय क्षति नभएको पनि जनाएको छ ।
मन्त्रालयले अगाडि भनेको छ, “एउटा ड्रोनलाई वायु प्रतिरक्षा प्रणालीबाट ध्वस्त पारिएको थियो । अन्य दुईवटा ड्रोनलाई 'प्रतिरक्षा जाल'मा पारेर समातिएको थियो । यस कार्यको दौरान एउटा भवनमा सामान्य क्षति भएको छ ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)