एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
ratopati.com · Fri Jun 05 23:04:38 GMT 2026

म्याग्दी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट हुने विद्यार्थीलाई नगद रु एक लाख २० हजार पुरस्कार वितरण गरिएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका समाजसेवी कमल शाहीले एसइई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेका हुन् । रघुगङ्गा गाउँपालिका–२ र ३ राखुमा सञ्चालित तीन सामुदायिक विद्यालयबाट एसइई परीक्षा २०८२ मा ए प्लस ग्रेड ल्याउनेलाई जनही रु १० हजार र ए ग्रेड ल्याउनेलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)