मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको घातक हवाई दुर्घटनामा ६७ जनाको मृत्यु

barnanmedia.com · Fri Jan 31 22:46:25 GMT 2025

आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाकै मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बुधबार राति रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट विमानको मार्गमा हेलिकप्टर उडेपछि पोटोमाक नदीको चिसो पानीबाट कम्तीमा २८ शव निकालिएको अधिकारीहरूले बताए । विमानस्थल वासिङ्टनबाट नदीपारि छ । विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए भने हेलिकप्टरमा तीन सैनिक थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)