मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस

gorkhapatraonline.com · Sun Jun 21 07:34:09 GMT 2026

काठमाडौँ, असार ७ गते । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नाराका साथ आज अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित मूल समारोह समितिले योगाभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस अवसरमा मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रिय रूपमा योग, ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो । विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठनपाठन पनि सुरु भइसकेको उहाँले जानकारी गराउनुभयो । योगको धेरै प्रचारप्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेकाले अब त्यसतर्फ लैजान जागरण सुरु भइसकेको मुख्यसचिव अर्यालले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)