ओलीलाई संसदमाथि विश्वास नभएको प्रभु साहको आरोप
rajdhanidaily.com · Fri Jan 31 23:39:08 GMT 2025

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको बलमा संसदको हुर्मत लिएको टिप्पणी गरेका छन् । ओलीलाई संसदमाथि विश्वास नभएको बताउदै उनले अध्यादेशमार्फत मुलुक अगाडी बढन नसक्ने बताए ।
शुक्रबारवाट शुरु भएको संसदको हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै वर्तमान सरकार जनादेश विपरित काम गरिहेको बताए । लोकतन्त्र र जनताको हितविपरित काम गरिरहेको सरकार पूर्णरुपमा असफल भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)