मेसी बने टाइम एथलेट अफ द इयर
nayapatrikadaily.com · Thu Dec 07 00:41:00 GMT 2023
गत अक्टोबरमा कीर्तिमानी रूपमा आठौँपटक फिफा बालोन डि’अर उपाधि जितेका अर्जेन्टिनी कप्तान लियोनल मेसी टाइम एथलेट अफ द इयर– २०२३ घोषित भएका छन् । अमेरिकाको चर्चित पत्रिका टाइमले यसपटक एथलेट विधामा मेसीलाई चुनेको हो । टाइमको एथलेट अफ द इयर घोषित हुने मेसी पहिलो पुरुष फुटबलर बनेका छन् । २०१९ मा सुरु भएको यो अवार्ड अमेरिकी महिला फुटबल राष्ट्रिय टोलीका लेब्रोन जेम्स, सिमोन बाइल्स र एरन जजले जितेका छन् ।
मेसीले गत वर्ष कतारको दोहामा भएको फिफा विश्वकपमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका थिए । अर्जेन्टिनाले तीन दशकपछि विश्वकपको ट्रफी चुमेको थियो । यसमा धेरै योगदान कप्तान मेसीकै रह्यो । उनको जादुमयी खेलका कारण अर्जेन्टिनाले फाइनलमा तत्कालीन साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)