किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न
rajdhanidaily.com · Thu May 28 12:16:51 GMT 2026

काठमाडौं । किष्ट शिक्षण अस्पताल अन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रद्वारा बुधबार “अंगदाता सम्मान कार्यक्रम” भव्य रूपमा सम्पन्न गरिएको छ। मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्याउने अंगदाताहरूप्रति सम्मान तथा कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित कार्यक्रममा २०० भन्दा बढी अंगदातालाई सम्मान गरिएको अस्पतालले जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ, बिरामी तथा अंगदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरिबाबु महर्जन ले गरेका थिए। कार्यक्रममा बोल्दै उनले अंगदानलाई मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै अंगदाताहरू समाजका वास्तविक नायक भएको बताए। “कुनै व्यक्तिको अंगदानले अर्को व्यक्तिलाई नयाँ जीवन दिन सक्छ। यस्तो महान कार्यलाई समाजभर प्रोत्साहन गर्न आवश्यक छ,” उनले भने। उनले किष्ट शिक्षण अस्पतालले निजी क्षेत्रमा प्रत्यारोपण सेवामार्फत उल्लेखनीय योगदान पुर्याएको समेत बताए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)