युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा
barnanmedia.com · Fri Nov 28 19:15:01 GMT 2025

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका घर तथा कार्यालयमा भ्रष्टाचारविरोधी एकाइहरूले छापा मारेको छ । रूसको आक्रमण रोक्ने प्रयास र अमेरिकी सहयोग सुनिश्चित गर्ने प्रक्रियाबीच उत्पन्न भएको यो घटना किएभका अधिकारीहरूका लागि एक अवाञ्छित चुनौतीका रूपमा देखिएको छ ।
युक्रेनमा भ्रष्टाचारविरुद्ध कार्यरत दुई प्रमुख राष्ट्रिय संस्थाहरू राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरो र विशेष भ्रष्टाचार विरोधी अभियोजकको कार्यालयले यर्माकको कार्यालयमा खोजतलास गरेको पुष्टि गरेका छन् । यर्माक स्वयंले पनि आफ्नै अपार्टमेन्टमा अनुसन्धानकर्ताहरू आएको स्वीकार गर्दै टेलिग्राममार्फत ‘अनुसन्धानकर्ताहरूले कुनै बाधा पाएका छैनन्, मैले पूर्ण सहयोग गरिरहेको छु र मेरा कानूनी प्रतिनिधिहरू उपस्थित छन्’ भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)